दिपक राज भट्ट / डडेल्धुरा – डडेल्धुरा जिल्ला अदालतमा आ. व. २०७६/७७ मा एक सय बीस मुद्दा दर्ता भएका थिए । छपन्न मुद्दा फरचाैट भईसकेका छन् भने चाैसठ्ठि मुद्दा फरचाैट हुन बाकि रहेका छन् ।
डडेल्धुरा जिल्ला अदालतमा परेका मुद्दा मध्ये पारिवारिक सम्बन्धिका अठतिस थान जसमा पच्चिस फरचाैट भईसकेका र तेर्ह मुद्दा फैसला हुन बाकि रहेका छन् । सम्पत्ति सम्बन्धिका चाैध थान जसमा पाच फरचाैट र नाै बाकि रहेका छन् । करार सम्बन्धि दुई थान दर्ता भएकाेमा फैसला हुन बाकि रहेका छन् । जवरजस्तिका एघार थान मुद्दा दर्ता भएकाेमा सात फरचाैट भएका छन् ।
यस्तै हाडनाताका एक , राज्य बिरुद्ध कसुरका एक , हातहतियार खजना दुई ,बन्धक वा बाधाका एक,छुवाछूत भेदभावका एक,बहुबिबाहका एक, करतव्य ज्यानका दुई,गर्भपतन काे एक, ज्यान मार्ने उद्योग का तीन , आत्माहत्या दुरुतस्हान का एक, जवरजस्तिकरणि उधाेग चार अप्रकृतिक मैथुनकाे एक, चाेरिकाे पाच , गाजा चरेस काे दुई ,सवारी ज्यानकाे सात, आगाे लगाएकाे एक,कित्ते काे एक, जालसाजिकाे पाँच ,गाेपनियताकाे एक, गालि बेईज्तिकाे एक र चेक अनादरकाे दुई मुद्दा डडेल्धुरा जिल्ला अदालतमा दर्ता भएकाे तहसिलदार यज्ञ मुर्ति ज्ञावलि ले जानकारि दिनु भयाे ।
गत आ.व मा जम्मा एक सय बीस मुद्दा दर्ता भएकाेमा छपन्न फरचाैट भईसकेकाे र चाैसट्ठि मुद्दा फरचाैट हुन बाकि रहेका छन् । देशमा लकडाउनु भएकाले मुद्दा फरचाैट कम भएकाे ज्ञावलिकाे भनाई छ । सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा आएका थिए ।