२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

ग्रामीण सडक : अनुगमनमा हिडेको गाडी हिलोमा

कैलाली । सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको गाडी हिलो सडकमा फसेको छ ।
सोमबार कैलालीको घोडाघोडी नगरपालिकामा अनुगमन गर्न गएको टोलीको गाडी हिलोमा फसेपछि स्थानीयको सहयोगमा निकालिएको थियो ।
‘बाटो साँघुरो थियो टायर चिप्लिएर सडक बाहिर गएपछि गाडी फसेको हो ’समितिका सदस्य महेशदत्त जोशीले भने ‘पछि स्थानीयको सहयोगमा निकालियो ।’
धनगढीबाट जग्गा विवादको विषममा अनुगमन गर्न समितिको सभापति हर्क बहादुर कुँवरको नेतृत्वमा टोली त्यहाँ पुगेको थियो । अहिले सडक मर्मतमा चासो नदिँदा कैलालीका ग्रामीण सडकहरूको अवस्था दयनीय बनेको छ ।
स्थानीयहरू प्रत्येक दिन सास्ती बेहोर्ने सडकमा सभापतिको गाडी नै फसेपछि सडक सडक मर्मतको अपेक्षा समेत गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।