२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

देउवा प्रधानमन्त्री बन्ने भए पछि प्रचण्ड मक्ख : भन्छन् अधिनायकवादहरुको यात्रामा ब्रेक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाले केपी शर्मा ओलीको अधिनायकवादको यात्रामा ब्रेक लगाइदिएको बताउनुभएको छ । उहाँले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो ।

पटक–पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला आम नेपाली जनताको जितको रूपमा अगाडि आएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु । मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।

उहाँहरूले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमालाई पनि उँचो बनाउनुभयो । यसका लागि उहाँहरू बधाईको पात्र हुनुहुन्छ । पटक–पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो ।

त्यसकारण यो आम नेपाली जनताको जितको रूपमा अगाडि आएको मैले देखेको छु । यो इतिहासमै एउटा महत्त्वपूर्ण परिघटनाका रूपमा भएको छ । इतिहासले यसलाई सम्मान गरिराख्ने छ ।

सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई भाेलि बेलुका पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गरेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।