२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल

काठमाडौ । सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् ।

नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ।

आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको ।

कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्,

‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।