२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई प्रतिपरिवार ५० हजार दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितलाई प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन । सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र हेलम्बु पुगेका प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले तत्काल प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।

त्यस्तै उनले बाढीबाट घाइते भएकाको उपचार सरकारले गर्ने, बाढीले भत्काएको पुल, विद्यालय बनाउने बताए । प्रधानमन्त्री ओली मनसुन सुरु भएसँगै असार १ गते मेलम्ची खोलामा आएको बाढीको निरीक्षणका क्रममा उनी अहिले बाढीग्रस्त क्षेत्रमा छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर पनि जाने छन्।

उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।