२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा विद्यालयबाट युवतीसहित पाँच जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा युवतीसहित पाँच युवा पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका –१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन। 

विद्यालयको पर्खाल नाघेर उनीहरुले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ परेको बताइएको छ। समूहकी युवतीले आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुईमा फालेर भागेकी थिइन्। उनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। 

पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।