२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

दार्चुलामा पहिरोका कारण तीन जनाको मृत्यु

कपिल देब भट्ट/दार्चुला:-दार्चुलाको नौगाड गाउपालिकामा वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मण सिंह सितोली रहेका छन् । पहिरोमा परेर वडा नम्बर ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् ।

गए राती परेको अविरल वर्षाका कारण घर माथिबाट आएको बाढी र पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख सिद्ध राज जोशिले जानकारी दिए ।

पहिरो सँगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको जनाइएको छ । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ ।घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको र नेटवर्कको समस्याका कारण बिस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख मनोहर भट्टले जानकारी दिनुभएको छ।

नौगाडकै वडा नम्बर ६ धुलीगाडामा रहेका २ वटा घट्ट, ३ वटा आरसीसी पुल, ३ वटा खानेपानीको मुहान बगाएको छ भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गत वर्ष दार्चुलामा बाढी पहिरो तथा आगलागीका घटनामा परि १० जनाको ज्यान गएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।