अत्तरिया – गोदवरी नगरपालिका १ मा रहेको राष्टिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ३ दिने नेतृत्व बिकास कार्यशाला प्रशिक्षण सुरु भएको छ ।
कार्यक्रम प्रतिष्ठानको आफ्नै योगा हलमा सुरु भएको हो । उक्त तीन दिने तालिममा मुख्य प्रशिक्षकको रुपमा डा टिएन जोशी त्यसैगरी कैलाली बहुमुखी क्यम्पसका प्रध्यापक डा गोबिन्द राज जोशी र उदघोसक केपी कलौनी उपस्थिति रहेको थियो ।
तिज तथा गौरा पर्बको पावन अवसरमा महिलाहरूका लागि आयोजित ३ दिने तालीमको समउद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी अतिथिमा सुदुर पश्चिम प्रदेश उप सभामुख निर्मला जोशी गोदावरी नगरपालिकाकी उप मेयर रत्ना कडायत गोदावरी नगरपलिका कार्यबाहक अध्यक्ष किर्त बहादुर चन्द, गोदावरी नगरपालिकाकी सिनियर अनमी उशा भट्ट, सरदा खत्री ग्लोबल आइ एम यि बैंक बाट मनोज नाथ, सन्तोष नगरी सानाकिसान सहकारी सस्थाकी अध्यक्ष भागरथी पाठक रहनु भएका छन ।
कार्यक्रमले महिलाहरूको नेतृत्व बिकासमा ठुलो भूमिका खेल्ने कार्यक्रमका सभापति तथा लोक सांस्कृतिक प्रतिष्ठानका सुदुरपशिम प्रदेश समिती अध्यक्ष लीलाधर बास्कोटाले बताए ।
उक्त कार्यक्रम रास्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानकि सचिब गोमा ढकालले गर्नु भएको थियो ।