२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बैतडीको सुर्नयामा बाघको आतंक, स्थानीय त्रसित

 बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले सुर्नयाको वडा नम्बर ३,४,५ र ६ मा  दिनदहाडै बाख्रा खान थालेको स्थानीयहरुले बताएका छन् । 

केहिदिन यतादेखि चराउन वन जंगल लगेका बाख्राहरु बाघले मार्न थालेको स्थानीय विष्णुदत्त भट्टले बताए । यस्तै सुर्नया ६ का विभिन्न स्थानका जंगलमा बाघले बाख्रा खान थालेको स्थानीय केशव अवस्थीले बताए । केहीदिन अघि गोठभित्रबाटै बाघले गाईको बाच्छो लगेको उनले बताए । आइतबार मात्रै सुर्नया ५ मा एकजनाको बाख्रा बाघले खाएको स्थानीय देवबहादुर चन्दले बताए  । 

वनमा चराउन लगेका बेला पशुचौपाया बाघले मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बाख्रा खान थालेको बाघ गाउँबस्ती प्रवेश गर्ने भन्दै स्थानीयहरु त्रसित बनेका बताइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।