२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बैतडीमा असार मसान्त सम्म निषेधाज्ञा थपियो

 बैतडीमा गत वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा थप खुकुलो पार्दै असार मसान्त सम्म लम्ब्याइएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण आइनसकेकाले निषेधाज्ञालाई जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती १२ बजेपछि सकिदैछ । 

कोरोना भाईरसको संक्रमणदर केही घटेपनि जोखिम कायमै रहेकाले खुकुलो पार्दै निषेधाज्ञाको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। अब निषेधाज्ञाको समयमा सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । 

यस्तै जिल्लाभरी सार्वजनिक सवारी तथा निजी भाडाका गाडी सीट क्षमता भन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

सबै कार्यालयहरुले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहहरुको आलोपालो मिलाई गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चाल गर्न सक्नेछन् । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।