२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

स्थानीय तहलाई कैलाली जिल्ला प्रशासनले हप्तामा दुई दिन मात्रै सेवा दिने

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबारदेखि स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने भएको छ । हप्तामा दुई दिन कार्यालयले स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने भएको हो । स्वास्थ्य सुरक्षा सर्तकता तथा भौतीक दुरी कायम गर्दै सेवा प्रवाह गर्ने भएको छ ।
कोभिड १९ को संक्रमण फैलिन नदिन, सामाजिक भौतिक दूरी कायम गर्न, दिना नुदिन कार्यालयमा सेवाग्राहीको चाप बढदै गएकाले कोरोना को जोखिम पनि बढदै गईरहेकाले शुक्रबारदेखि अर्को व्यवस्था नभए सम्मका लागि कार्यालयले स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
आईतबार र बुधबार गोदावरी नगरपालिकामा, सोमबार र बिहीबार कैलारी गाउँपालिकामा मंगलबार र शुक्रबार धनगढी उपमहानगरपालिकामा र सोमबार र बुधबार चुरे गाँउपालिका भित्रका सेवाग्रहीलाई सेवा दिईने भएको छ ।
यस्तै आजैदेखी जोर बिजोर प्रणाली लागु गरेको र राती ९ बजे देखी बिहान ५ बजेसम्म आवगमन बन्द गरेको छ । सेवाग्रहीले सेवा लिन आउदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।