कपिल देब भट्ट दार्चुला:-बालबालिका तथा युवाहरु मा भएका प्रतिभा लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्थर सम्म पहिचान, प्रोत्साहन, हौसला साथै ती प्रतिभा लाई बजारीकरण गरि राज्यको अर्थतन्त्रमा टेवा पुग्ने उदेश्यले क्यासनेपले आफ्नो कुल आम्दानीको ९० प्रतिशत सामाजिकसेवा मा कार्य गर्ने छ।।
हरेक महिना एक उत्कृष्ट प्रतिभा लाई रु. ५०,००० पुरस्कार र हरेक बर्ष एक सर्वोउत्कृष्ट एकजना लाई रु. १० लाख पुरस्कार प्रदान गर्ने छ। क्यासनेपको केन्द्रिय बिज्ञ समिती हरेको छ जहाँ हरेक बिधाका विशेषज्ञ हुनुहुन्छ। अहिले प्रा. डा. ३२ जनाको समिती बनेको छ।
केन्द्रिय बिज्ञ समिति संयोजक प्रा. डा. उत्तम खनाल, अर्थबिदको नेतृत्वमा समिति रहेको छ। प्रादेशिक साथै जिल्लास्तरीय बिज्ञ समिति पनि रहेने छ। बालबालिका तथा युवाहरुका प्रतिभा लाई समितिले छनोट गरि पुरस्कार अथवा अनुदान साथै बजारीकरणको लागि सिफारिस गर्ने छ। युवा लाई रोजगारी होईन, युवा उधमी बनाउनु पर्छ। बिज्ञान तथा प्रबिधि क्षेत्रमा अन्वेषण गर्नको लागि युवाहरु लाई हौसला, आर्थिक तथा भौतिक, अनुदान जस्तामा सहयोग गर्ने कम्पनीले जनाएको छ। दुर दराजका गाउँ-गाउँ मा लुगेर बसेका बालबालिका तथा युवाहरुका प्रतिभा लाई प्रबर्द्धन गर्ने छ।
युवा उधमी बन्नको लागि लाई बिना ब्याज निशुल्क ऋण तथा अनुदान प्रदान गर्ने छ। युवाहरुलाई खाडीमुलुक होईन, जनशक्ति लाई बिदेश चलाएन होईन, युवा लाई स्वदेशमै पर निर्भर होईन, स्वदेशमै उधमी बनाएर आत्मनिर्भर बनाउन जरुरी रहेको सहायक प्रबन्ध निर्देशक हिक्मत शाही ठकुरीको भनाइ रहेको छ।
बिश्वको एक मात्र यस्तो कम्पनी हो जहाँ, आफ्नो कुल आम्दानीको ९० प्रतिशत सामाजिकसेवा मा खर्च गर्ने छ जस्तैः बालबालिका तथा युवा प्रतीभा अवार्ड, युवा उधमीको लागि बिना ब्याजको निशुल्ख ऋण, अनुदान, आपतकालीन प्रकोप सहयोग, अति विपन्न परिवारका बालबालिका तथा युवाहरुको लागि उच्च शिक्षा छात्रवृत्ति कोष, मा कार्य गर्ने क्यासनेपको उदेश्य रहेको छ।
CashNep-क्यासनेप भनेको के हो? नेपाल सरकार बाट मान्यता प्राप्त साथै नेपाल कै पहिलो Online Earning Company हो।
बालबालिका तथा युवाहरु मा भएका प्रतिभा लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्थर सम्म पहिचान गराउने छ भने ती प्रतिभा लाई बजारीकरण गर्नको लागि निशुल्क अनुदानको उपलब्ध गराउने छ। CashNep-क्यासनेप मा के के पुरस्कार हरेका छन्? देश भरी छरेर लुगेका प्रतिभा हरुको खोजतलास गरि ती प्रतिभा लाई प्रोत्साहन गर्ने छ। हरेक महिना उत्कृष्ट प्रतिभा लाई नगद राशी रु. ५०,००० सहित प्रमाणपत्र दिईने छ भने हरेक बर्ष सर्वउत्कृष्ट एक जना रु. १० लाख नगद राशी सहित गोल्ड प्रमाणपत्र प्रदान गरिने छ।
CashNep-क्यासनेप को केन्द्रिय बिज्ञ समिति रहेका छ जस्मा २० जना हरेक बिधाको प्रोफेसर हुनुहुन्छ उहाँ हरुले ती प्रतिभा लाई Verify गरे पछि CashNep-क्यासनेप ले अवार्ड उपलब्ध गराउने छ।
CashNep-क्यासनेप को मुख्य योजना के के हुन्?
विकसित मुलुकका बालबालिका तथा युवाहरु ठुला-ठुला कम्पनीको Founder/CEO रहेका छन् भने हाम्रो देश मा बालबालिकाहरु सह-चालक र युवाहरु खाडी मुलुक प्रस्थान हुन बाध्य रहेका छन्।
हामीले पनि विकसित मुलुकका नागरिक बाट केही सिक्नु पर्ने र अब बालबालिका तथा युवा हरु लाई पनि स्वदेशमै कम्पनीका Founder/CEO बनाउन प्रोत्साहन निशुल्क लगानी साथै पुरस्कार ब्यबस्था गर्ने छ। कसै संग भएका प्रतिभा खेर नजाने आर्थिक तथा भौतिकका कारणले त्यस्ता प्रतिभा लाई संरक्षण तथा अनुदान दिई ती प्रतिभा लाई बजारीकरण गरि राज्यको अर्थतन्त्र मा टेवा पुराउने र स्वदेशी ब्राण्ड बनाउने मुख्य उदेश्य र योजना हरेका छन्।
CashNep-क्यासनेप कसरी प्रतिभा लाई अवार्ड साथै लगानी गर्ने छ?
CashNep-क्यासनेप ले अब स्थानीय तह, प्रदेश र केन्द्र मा हरेका प्रतिभाको खोजतलास गरि ती प्रतिभा लाई प्रोत्साहन गर्ने छ भने CashNep-क्यासनेप को केन्द्रीय बिज्ञ समिति जहाँ २० जना हरेक बिधाका प्रा.डा. हरु हुनुहुन्छ हामी सम्बन्धित बिज्ञ लाई सिफारिस गर्ने छौँ उहाँ हरुले त्यो प्रतिभा Genuine छ भन्ने लाग्यो भने CashNep-क्यासनेप लाई अवार्ड साथै लगानीको लागि सिफारिस गर्नु हुनेछ अनि CashNep-क्यासनेपले त्यहीँ अनुसारको आबस्यक कुरा हरुको लागि पर्ने छ Step-Step देखि बजारीकरण सम्म आर्थिक तथा भौतिक सहयोग गर्ने छ। पेटेन्ट, निजको नाम मा कम्पनी बनाएर प्रतिभावान बालबालिका तथा युवाहरु लाई यसरी Founder/CEO बनाईने छ।
CashNep-क्यासनेप बाट प्रयोगकर्ताहरु ले कसरी पैसा कमाउन्छन?
CashNep-क्यासनेप Web र Mobile App बाट चल्ने छ। सुरुमा यो Register गर्दा प्रयोगकर्ता लाई रु. ५०० बोनस प्राप्त हुने छ भने Each Referral Bonus रु. १० पुनः प्राप्त हुने छ unlimited earning हुनेछ Referral बाट। अन्लाईन मै बसेर CashNep-क्यासनेप चलाउदा प्रति दिन न्युनतम रु.४०० कमाउन सकिने छ। आफुले कमाएको पैसा तुरुन्तै आफ्नो बैंक खाता र अन्य प्रयोजनका लागी प्रयोग गर्न पाउने छन् जस्तै Recharge, Ticket, Bill इत्यादी।
CashNep-क्यासनेप मा कति category हरेका छन् पैसा कमाउनको लागि? CashNep-क्यासनेप मा ३१ भन्दा बढी categories हरेका छन्। जस्तैः Merry, PTC, Study Room, I Can Do, Freelancer, Financial Record इत्यादी।
CashNep-क्यासनेप प्रयोग गर्नको लागि के निशुल्क छ?
CashNep-क्यासनेप जुनसुकै ले पनि प्रयोग गर्न पाउने छन् नेपाल भित्र। यस्मा भएका ३१ ओटा सेवा लिनको लागि पनि पुर्ण रुपमा निशुल्क रहेको छ। नयाँ प्रयोगकर्ता सुरुमा रजिस्ट्रर गर्दा बरु CashNep-क्यासनेपले रु. ५०० बोनस दिनेछ।
CashNep-क्यासनेप किन कम्पनी मा दर्ता गर्नु भयो? CashNep-क्यासनेप कम्पनी मा दर्ता भएता पनि यस्ले गर्ने सत प्रतिशत सबै Non-Profit NGO सस्था जस्तै रहेको छ। CashNep-क्यासनेप ले बिज्ञान तथा प्रबिधि मा अनुसन्धान गर्ने छ भने ती प्रतिभा तथा अन्वेषण लाई बजारीकरण गर्ने हुँदा यस्लाई कम्पनी मा दर्ता गरेको हो।
कसरी विद्यार्थीहरुले ज्ञान सिक्दा पनि पैसा कमाउन सक्छन?
CashNep-क्यासनेप विद्यार्थीहरुका लागि Study Room हरेको छ। जहाँ अध्यन बिषयमा बहस हुने छ। कुनै पनि आफुले सिकेका कुरा हरु Study Room मा गएर post/upload गर्न पाउने छन् त्यो पोस्ट कति जनाले पढे/हेरे त्यहीँ अनुसार CashNep-क्यासनेपले पैसा जम्मा गर्दिनेछ निज प्रयोगकर्ताको खातामा। यो बिधि बिश्वमा कतै छैन ज्ञान लिदा पनि पैसा आउने र दिदा पनि पैसा आउने एउटा मात्र हो
CashNep-क्यासनेप। अनुसन्धानकर्ता, भिजनवरीहरुको लागि के के छन्?
CashNep-क्यासनेप मा यस्ता ब्यक्तिहरुको लागि I Can Do हरेको छ जस्मा हरेक प्रश्न सोधिने छ प्रयोगकर्ता आफैले पनि सोध्न पाउने छन।Innovative Mind भएका हरुले खत्रा खत्रा Concept/ideas/ policy Create गर्ने छन्। त्यही बिषय मा गहिरो बहस चल्ने छ। उत्कृष्ट प्रस्न लाई अवार्डको ब्यबस्था गरेको छ भने सर्ब उत्कृष्ट Solve गर्ने लाई पनि रु.१ लाख सम्म को अवार्ड दिईनेछ। नितिनिर्माण गरि राज्य लाई समेत पेश गर्ने छ।
CashNep-क्यासनेप को Founder को हो?
CashNep-क्यासनेप पुरै डिजाइनर, अनुसन्धानकर्ता, युवा बैज्ञानिक वसन्त कुमार शाही नेपालको अति विकट जिल्ला कर्णालीको कालिकोटको एक अति गरिब परिवारमा हुर्केका थिए। बाल्यकाल देखि नै अन्वेषण/ प्रतिभा मा रुचि राख्ने राष्ट्रिय तथा अन्तरास्ट्रिय अवार्ड समेत पाईसकेका छन् ।
नेपाल सरकारले पनि २०७४ मा राष्ट्रिय युवा प्रतिभा पुरस्कृत तथा सम्मान समेत गरेको थियो। उनि भन्छन् म संग प्रतिभा थिए तर अबसर(भौतिक तथा आर्थिक) गरिबीका कारणले गर्नु पर्ने गर्न सकिन। धेरै दु:ख पाए अब आउने पुस्ताहरु ले म जस्तै दु:ख भोग्न नपरोस्।
गरिबीका कारणले नै प्रतिभा लुक्न नपरोस् ती प्रतिभा लाई बजारीकरण गरि राज्यको अर्थतन्त्र मा टेवा पुगोस् र स्वदेशी ब्राण्ड को प्रयोग गरियोस्। बसन्त कुमार शाहीले बिकट जिल्ला कालिकोटमा जन्मेर आफुले भोगेको दु:ख अरुले नभोगुन भनेर यो कार्य सुरुवात गरेको देखिन्छ।
अहिले जिल्ला कार्यसमितिहरु गठन भइरहेका छन।जसमा दार्चुला कार्यसमिति गठनभइसकेको छ। क्यासनेप को आफ्नै आधिकारिक पेज रहेको छ।जसमा आमनागरिकले जोडिन आवश्यक देखिन्छ।
Views: 508




























