२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

भीरबाट लडेर बेपत्ता भएकाको शव दस दिनपछि भेटियो

भीरबाट लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३, रकैलका मानबहादुर बोहराको शव दस दिनपछि फेला परेको छ । असार ३ गते लडेर बेपत्ता भएका धामीको शव शनिबार साँझ स्थानीयले फेला पारेका हुन् ।

जेठाबुबाको मलामी गएर फर्कँदै गर्दा उनी धौलावन भीरबाट लडेर बेपत्ता भएका थिए । नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोली एक हप्तासम्म खोज्दा पनि शव नभेटिएपछि खोजी कार्य बन्द गरेको थियो । यद्यपि स्थानीयले भने उनको खोजी गर्न छोडेका थिएनन् ।

स्थानीयले खोजी गर्ने क्रममा उनी लडेको स्थानभन्दा चार सय मिटर तल डोजरले खनेको माटोको थुप्रोमा पुरिएको अवस्थामा शव फेला परेको स्थानीय तुलाराज धामीले बताए । उक्त ठाउँमा झिँगा भन्केको आधारमा अनुमान गरी खन्दा धामीको शव भेटिएको उनले बताए । धामीको शवको पोस्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाइएको बझाङ जिल्लाका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताए ।

११ जना परिवारको अभिभावक रहेका धामीको निधनपछि परिवारको भने बिचल्ली भएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न आर्थिक अवस्थाको धामीको परिवार उनकै कमाइको भरमा गुजरा गर्दै आएको थियो । धामीको निधन पछि उनका परिवारलाई खान लाउनको समस्या भएको उनका आफन्त सुशिला धामीले बताइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।