अत्तरिया- डडेल्धुरामा आज बोलन्या थली युनिटको कार्यालय स्थापना गरिएको छ ।पछिल्ला दिनहरुमा पिछडिएका,गरिव तथा युवाहरुको आवाजलाई बुलन्द गर्न सामजिक कुराहरुको अौपचारिक्ता दिन यो युनिटले काम गरिरहेको छ । साथै कोभिड को माहामारि चपेटमा परेका परिवार हरुलाई पनि राहात दिनमा विशेष पहल गरिरहेको छ ।



उक्त कार्यालयको उद्वाटन बोलन्या थली युनिट केन्द्रीय संयोजक यादव जोशीले रिवन काटि साथै ब्यानर पढेर उद्वाटन गरेका हुन् । कार्यक्रममा बोल्दै जोशीले पहाडि जिल्लाको सम्पर्क कार्यालयको रुपमा डडेल्धुरामा कार्यालय स्थापना गरेको र बिस्तारै सबै जिल्लामा युनिट गठन हुने बताए ।

यस्तै उद्वाटन कार्यक्रममा बोल्दै डडेल्धुराका युनिट संयोजक दिपकराज भट्टले भने कार्यक्रमको मुख्ये उद्वेश्ये भनेको अौपचारिकता दिनु हो । हामी सुदुरका सबै पहाडि जिल्ला लाई यहाँ बाट समन्वय गर्ने छौ,
उक्त कार्यक्रममा डडेल्धुराका युवाहरुको सहभागीता रहेको थियो ।


















