२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि (परीक्षा तालिका)

काठमाडौं,११ असार ।   कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४-३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।

परीक्षा फारम छुटेकाले असार १५ गतेभित्र भरिसक्नुपर्ने

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ । परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्नरभराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।

साथै प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न सूचित गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।