डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले आ. व. २०७८/०७९काे नीति कार्यक्रम र वजेट नबाैं नगरसभा समक्ष प्रश्तुत गरिएकाे छ। नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाकाे अध्यक्षतामा वसेकाे नगर सभाकाे वैठकमा उप प्रमुख संगिता भण्डारीले ५१कराेड १२ लाख ७३ हजार काे अनुमानित आयव्यय बजेट प्रस्तुत गरनु भएकाे छ।



सबै क्षेत्र वर्गलाई समेट्ने गरि प्रस्तुत वजेट जनमुखि रहेकाले जन अपेक्षा सम्वाेधन हुने मा नगरवाशि आशावादी छन। शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्षेत्र प्रवर्धनात्मक कार्यक्रम समेटिएका छन।
विद्यालयका प्र अ हरु लाई १२ मिनेट मासिक भ्वाईस प्याक, १० लिटर ईन्धन, खेल शिक्षक तालिम, मासिक सुभिधा, बिद्यालय यातायात साझेदारि अन्तरगत वस सेवा, प्राविधिकधार संचालित विद्यालयमा ५ लाख अनुदान, प्र. अ. ल्यापटप वितरण लगायतका कार्यक्रम प्रस्ताव गरिएकाे छ।
विपन्न वर्ग छात्रवृत्ति , भिमदत्त झिलिमिलि कार्यक्रम, विद्यालयमा स्वयंसेवक शिक्षक कार्यक्रम, स्वयंसेविका संचार खर्च, भ्वाइस प्याक, प्राेत्साहन भत्ता, स्वयं सेविका अक्षयकाेष, क्लव गठन, सम्मान आदि कार्यक्रम प्रस्ताव गरिएकाे छ।

























