२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

बुङ्गल नगरपालिकाले ल्यायो बजेट ५९ करोड ७४ लाख बजेट

बझाङ : बझाङको बुङ्गल नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५९ करोड ७४ लाख ६२हजार बराबरको बजेट ल्याएको छ ।

बिहीबार बसेको सातौ नगरसभामा उपप्रमुख मिना देवि जागरीले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले अधिकांश रुपमा विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।

जसमा कृषि,पर्यटन र पूर्वाधार शिक्षा ,स्वस्थ्य लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तयार पारेको उपप्रमुख जाग्रीले बताइन् । यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नको लागि युवायुवतीहरुका लागि सिपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

भने नगरपालिका भित्रका ठुला गौरवका आयोजनाहरु खेलमैदान बाइसधार तिर्थस्थल ,बड्डी ज्यावन ,थान पाटन धउलाढुङ्गा र पुरुमचुली क्षत्रलाई पनि निरन्तरता दिने भऐको छ ।साथै यहीँ आर्थिक बर्षमा मेरो गाउँ मोरो बिद्यालय हातेमालो कार्यक्रम पनि सन्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै कोभीड जस्ता महामारीसंग सामाना गर्नका लागि नगरपालिकामा १५ सैयाको अस्पताललाई निरन्तरता दिदै आवस्यक कार्यक्रम ल्याईने उल्लेख गरिएको छ । नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै युवा खेलकुदका कार्यक्रमहरु सञ्चालन गरि खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने र नगर भित्रका निर्माणधिन सडक र निर्माण भएका सडकहरुको स्तरउन्नती गरि बाह्रै महिना संञ्चालनमा ल्याईने उल्लेख गरिएको छ ।

यसैगरी नगरपालिका भित्र इन्टरनेट सेवालाई सुदृढीकरण गर्न समन्वय पहल गरिने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई पनि नयाँ ढंगबाट प्रभावकारी रुपमा अगाडि बढाउने समेत उल्लेख गरिएको छ ।

नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।