कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ ।



आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सहित बिहीबार नगरपालिकाको नवौं नगरसभा मार्फत नगरपालिकाकी उपम्रमुख रमिता राना बडायकले ९२ करोड ५६ लाख ४२ हजारको बजेट प्रस्तुत प्रस्तुत गरिन् ।
नगरपालिकाको नवौं नगरसभाबाट घोषणा भएको बजेटमा नगरपालिकाले स्वास्थ्य,शिक्षा,उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ।
Views: 181

























