२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

डडेल्धुरामा बुवाको शव जलाएर फर्किएका एक छोराको घर नपुग्दै मृत्यू

डडेल्धुरा- डडेल्धुरामा आफ्ना बुवाको शव जलाएर फर्किएका एक छोराको घर नपुग्दै मृत्यू भएको छ । जिल्लाको आलितालमा गाउँपालिका–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको शव जलाएर घर फर्किने क्रममा उनका छोरा शेरबहादुरको पनि मृत्यु भएको हो।

असार ८ गते मंगलबार मृत्यु भएका भक्तबहादुरको काजक्रिया गर्न भारत बस्दै आएका उनका कान्छा छोरा शेरबहादुर बुधबार गाउँ आएका थिए ।

हेर्दा विरामी र कमजोर देखिने शेरबहादुर बुबाको अन्तिम सस्कार गरेर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढलेको आफन्तहरुले बताएका छन्। समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडेको मलामी गएकाहरुले बताए ।

७५ वर्षीय बुवा र ४५ वर्षीय छोरा दुवैको एकैदिन अन्तिम त भयो काजक्रिया कसरी गर्ने मृतकका आफन्तहरु अन्यौलमा रहेका छन ।  घटना सुनेपछि घट्ना स्थल पुगेका आलिताल गापा– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।