२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

असार १७ गतेदेखि आन्तरिक उडान हुने

काठमाडौं । आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । 

प्राधिकरणले उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूलाई उडान अनुमति दिनेछ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आगामी असार १७ गतेदेखि आन्तरिक उडान हुने बताए । उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान हुने उनले बताए ।

निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले सत प्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् ।

यस्तै मन्त्रालयले अन्तर्राष्ट्रियतर्फको उडान सार्वजनिक गर्न पनि प्राधिकरणलाई भनेको छ । मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले २४, २७ र २९ जुनमा दोहा, २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ ।

मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमती दिएको छ ।

विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमती दिएको छ । एयर इन्डियाले जुन २५ उडान गर्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।