२०८३ कार्तिक २४ सोमबार
२०८३ कार्तिक २४ सोमबार

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीद्धारा शपथ ग्रहण

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको शपथ ग्रहण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्काले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहको पनि उपस्थिति रहेको थियो । यस्तै प्रदेश खेलकुद परिषदको सदस्यमा मनोनित संञ्जिता चौधरीलाई पनि शपथ गराईएको छ । 

कैलाली जिल्ला अध्यक्ष खत्री लामो समयदेखि खेलकुदमा आबद्ध रहदै आएका छन् । कराँतेका खेलाडी रहेका खत्रीले देश विदेशमा विभिन्न पदकहरु पनि जितेका छन् ।

उनले धनगढीमा धनगढी कराँते एकेडेमी सञ्चालन गर्दै आएका छन् । एकेडेमीमा आबद्ध खेलाडीहरुले पनि पछिल्लो समयमा पदक जितिरहेका छन् । बर्षा रावत, जगत धानुक लगायतका खेलाडीहरु धनगढी कराँते एकेडेमीका खेलाडी हुन् । 

कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा शपथ ग्रहण भएसँगै उनले कैलाली जिल्लामा विभिन्न खेलकुुदका गतिविधिहरुलाई अगाडी बढाउने बताएका छन् । उनले आफु पनि खेलाडी भएकोले खेलाडीहरुको पिर मर्का बुझेकोले सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।  
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।