२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

विपक्षी गठबन्धनले प्रदेशहरुमा पनि आफु पक्षको सरकार बनाउने समझदारी

काठमाडौँ- विपक्षी गठबन्धनले प्रदेशहरुमा पनि आफु पक्षको सरकार बनाउने समझदारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रदेश १, वागमती र लुम्बिनी प्रदेशमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको हो ।

यस्तै आजको बैठकले बाढीपीडितको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकार असफल भएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । बैठकमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि बैठकमा सहभागी थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।