२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

अब जिल्लामा नै कृषि र पशुपंक्षी सेवा

कास्की । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पुर्याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्न लागिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए।

उहाँका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ज्ञान केन्द्र रहेकामा विस्तार गरी नवलपुर, कास्की, बागलुङ, मनाङ र मुस्ताङमा कार्यालय स्थापना गरिनेछ । त्यसैगरी पर्वत, नवलपुर, मनाङ र मुस्ताङमा विज्ञकेन्द्र स्थापना हुनेछन् । हाल सात जिल्लामा विज्ञकेन्द्र छन् । सबै जिल्लामा कार्यालय नहुँदा एउटा कार्यालयले एकभन्दा बढी जिल्लासमेत हेर्नुपर्थ्यो।

जिल्लास्थित कार्यालयकोे सेवा सबै जिल्लामा पु-याउन हालको कर्मचारी दरबन्दीभित्रै रहेर सङ्गठन संरचना व्यवस्थापनको काम भइरहेको र केही थप कर्मचारी आवश्यक परेमा करारबाट नियुक्त गरिने उनले बताए । “हामीले सबै जिल्लामा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना व्यवस्थापनको काम गरिरहेका छौँ, मन्त्रिपरिषद्बाट सङ्गठन व्यवस्थापन पारित भएपछि आगामी भदौ दोस्रो साताभित्रमा कार्यालय स्थापना गर्न शुरु गर्छौं, सकभर मौजुदा कर्मचारीबाट नै व्यवस्थापन गरिन्छ ।” उनले भने ।

प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले समेत आवश्यक कर्मचारी करार प्रक्रियाबाट नियुक्ति गरेर भए पनि कार्यालय विस्तारमा सरकार छ । कृषि मन्त्रालयअन्तर्गत हाल कृषि विकास निर्देशनालय , पशुपंक्षी विकास निर्देशनालय तथा अन्य २४ कार्यालय छन् । रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।