कैलाली – चुरे गाउँपालिकाका बाढीपहिरो पिडित लाई २५० थान झुल र बिभिन्न रोगका औषधी बितरण गरिएको छ । निबर्तमान उधोगमन्त्री लेखराज भट्टको सहयोगमा हाम्रो सहयात्रा अभियानले उक्त सामाग्री त्यँहा पुर्याएको हो ।



उनिहरुलाई निबर्तमान मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले हस्तान्तरण गरेका हुन । गत साउन १७ गते घरछेउमा पहिरो गएपछि विस्थापित परिवारको अझै पुनर्स्थापना हुन सकेको छैन । अहिले उनिहरु कैलालीको गौरीगंगा नगरपालीकामा रहेको पसुपति सामुदायिक बनमा बस्दै आएका छन ।
Views: 389

























