सुरेश धामी ,६ असार बझाङ : लगातारको वर्षाका कारण कालंगा नदीमा पानीको बहाव बढेपछि शनिबर बुङ्गल नगरपालिका -४विजगडा स्थित कालंगा नदीको किनारमा रहेको बसपार्क सहित एक पानी घट्ट र एक बंगुर फोम बगाएको छ ।



मनसुन भित्रिएसँगै लगातरको अविरल वर्षाका कालंगा नदीमा पानीको बहाव बढेपछि बुंगल नगरपालिकाको बिजगडा बजार ,लगाएत बिजगडा पुल र बिराबगडमा रहेको पक्की भवन उच्च जोखिममा रहेका छन् ।
कलंगा नदीमा पानीको बहाव बढेपछि इलाका प्रहरी कार्यालय बुङ्गलले बाढी खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारामा कटान सुरु गरेपछि बिजगडा बजारमा जोखिम बढ्न सक्ने भएपछि बिजगडा बजारका स्थानिय ब्यापारी त्रसित बनेका छन् । नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेपछि त्रसित बनेका बिजगडा बजारका व्यापारी पसलमा रहेको सामान अन्तै लिएर जोगाउन लागि परेका छन् । भने कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमी जोखिममा परेका छन् ।
नदीमा बाढी आएकाले बिजगडा बजार मात्रै नभएर बुंगल नगरपालिकाका ५१, स्थान जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।
उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न प्रशासनले आग्रह गरेको छ ।


























