२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

धनगढी–अत्तरिया ६ लेन सडकमा गुडिरहेको स्कुटी चिप्लिएर दुर्घटना

धनगढी- धनगढी–अत्तरिया ६ लेन सडकमा गुडिरहेको स्कुटी चिप्लिएर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार  गोदावरी नगरपालिका ५ गेटामा शनिबार दिउँसो म २ प ४० नम्बरको गुडिरहेको स्कुटी चिप्लिदा २ जना घाइते भएका हुन्। घाईते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २२ बर्षीया हेमा रावत र सोही ठाँउकी २३ बर्षीय कमला खत्री रहेको जनाएको छ ।

धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको २ जना महिला सवार सो स्कुटी चिप्लिएर सडकको नालीमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

स्कुटर चालक रावल अवस्था गम्भिर रहेको छ भने उनको अहिले धनगढीको निसर्ग हस्पिटलमा उपचार भईरहेको भने पछाडी सवार खत्रीको अवस्था सामान्य रहेको र उनको नोभा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक  बिष्टले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।