२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

दुर्घटनामा सहचालकको ज्यान गयो

पर्वत- पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मोदी गाउँपालिका–७ राम्जादेउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय सहचालक विजय नेपालीको मृत्यु भएको हो ।
सडकबाट अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्याक्टरका चालक मोदी गाउँपालिका–२ बस्ने सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।