२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

भूकम्पपछि ठडिएका घर बने बगर

मेलम्ची : मेलम्ची नगरपालिका–१०, शिखरपुरका राजन दाहालले भूकम्पपछि ऋण काढेर बजार नजिकै नयाँ घर बनाए। सरकारले अनुदानबापत दिएको ३ लाख रुपैयाँमा झण्डै २० लाख थपेर बनाएको उनको घर बुधबार राति इन्द्रावतीमा आएको बाढीले बगरमा परिणत गरिदियो।

दाहालले बाढीका कारण घर मात्रै गुमाएनन्। झण्डै १० करोड रुपैयाँ बराबरको उनको दुई ठाउँको धान खेतसमेत बगरमा परिणत भयो। ‘बाढीले घर मात्रै होइन भएको सबै जमिनसमेत डुबाएपछि अब मेरो चार जनाको परिवार सुकुम्बासी भएको छ’, दाहालले दुखेसो पोखे, ‘मध्यरातमा आएको बाढीबाट परिवार त जोगियो कमाइ खाने सबै सम्पत्ति स्वाहा भयो।’ मेलम्ची बजार पारी रहेको सिम्ले फाँटमा मात्र दुई सय रोपनीभन्दा बढी जमिन बगरमा परिणत भएको छ। फाँटमा भूकम्पपछि नयाँ बस्तीको विकास भएको थियो।

दुई दशकअघि मेलम्ची झरेर होटल व्यवसायमा लागेका लक्ष्मण गौतमले बजारमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि नयाँ रिसोर्ट बनाए। कोभिडका कारण भएको लकडाउनले उद्घाटन हुन नपाएको उनको रिसोर्टसमेत पुरिएको छ। रिसोर्ट बनाउने क्रममा बैंकबाट लिएको करोडौं रुपैयाँ ऋण कसरी तिर्ने भन्ने चिन्तामा गौतम छन्। 

मेलम्ची–११ का सुरेश श्रेष्ठ घरबारविहीन भएका छन्। ‘तत्काललाई राहत र खाद्यान्न मात्रभन्दा पनि हाम्रो पुनर्बासको लागि सोच्नुपर्छ’, उनले भने, ‘झण्डै एकतिहाइ बजार तहसनहस भएको छ।’ 
दाहाल, गौतम र श्रेष्ठ प्रतिनिधि पात्र मात्र हुन्। मध्यरातमा आएको बाढीले मेलम्ची नगरपालिकाको १० र ११ वडामा मात्र सर्वसाधारणको अरबभन्दा बढी क्षति भएको स्थानीयले बताए।

भूकम्पपछि बनाइएका घरहरू खोलामा परिणत भएका छन्। आफ्नो करोडौंको सम्पत्ति क्षति भएपछि स्थानीय अहिले मेलम्चीस्थित इन्द्रेश्वरी माविको भवनमा आश्रय लिइरहेका छन्। कतिपय गाउँमा भएको जग्गा बेचेर बजारमा बनाएको घर बाढीले पुरेपछि सुकुम्बासी हुन पुगेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य प्रकाश दाहालले बताए। तत्काललाई खान र बस्नको समस्या दाताले टारिदिए पनि बाढीपीडितलाई दीर्घकालीन रूपमा पुनस्र्थापित कसरी गर्ने भन्ने विषयमा अध्ययन थाल्नुपर्ने दाहालको भनाइ छ। ‘अझै खोला नियन्त्रणमा आएको छैन, हामी अझै त्रासमा छौं’, उनले भने। 

बुधबार राति हेलम्बुमा गएको पहिरोले मेलम्ची खोला थुनिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका तल्लो तटीय क्षेत्रमा बाढीसहित आएको लेदोले पुरिँदा सयौं घर पुरिएका छन्। बाढीमा परी चार जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन्। बाढीले हेलम्बु गाउँपालिकामा रहेका आठवटा ट्राउट माछा फार्म बगाएको छ।
बाढीले पुर्‍याएको क्षतिको एकिन भइनसकेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए। तत्काल नागरिकको सुरक्षा र राहत व्यवस्थापनमा ध्यान दिनुपरेकाले क्षतिको विवरण निकाल्न बाँकी रहेको उनको भनाइ छ। थप क्षति हुन नदिन सर्तकता अपनाउने काम भइरहेको उनले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।