२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

निसर्ग हस्पिटलमा ७ किलोको ट्युमरको सफल शल्यक्रिया

 धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ७ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ। बिगत १२ वर्षदेखि पेटको समस्या झेल्दै आएकी कैलालीको गोदावरी नगरपालिका ११ कि ६० वर्षीया नरपता कामीको पेटबाट शल्यक्रिया गरेर उक्त ट्युमर (मासुको डल्लो)निकालिएको अस्पतालले जनाएको छ।

नरपताको पेटबाट निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा, बरिस्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.मिराज आलम अन्सारीलगाएतको टिमले सल्यक्रिया सफल गरेको हो। 

नरपताका ज्वाई रामबहादुर कामीका अनुसार १२ वर्ष अघि भारतमा चेकजाँच गर्दा सासु नरपताको पेटभित्र सानो मासुको डल्लो रहेको र अप्रेशन गर्नुपर्ने सुझाब डाक्टरले दिएका थिए। 

केही समय औषधि मात्रै खाएर बस्दा नरपताको पेटको अकार १ वर्ष अघिदेखि भने अस्वाभाविक रुपमा ठूलो हुँदै गएको थियो। अप्रेशन गर्न नमानेपछि नरपताको पेटमा मासुको डल्लोले बिस्तारै आकार लिन थालेको परिवारका सदस्यले बताए।  

एकाएक पेट फुलेर ठूलो र गाह्रो भएपछि ज्वाई रामबहादुरले सासुको धनगढीमै सिटी स्क्यान गराएका थिए।  हेर्दा मासुको डल्लो देखिएको र  क्यान्सको सम्भावना भएको अनुमान गरिए पनि  सिटी रिपोर्ट  हेर्दा क्यान्सर नभएको पुष्टि भएपछि अप्रेशन गरिएको अस्पतालले जनाएको छ।  

समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ। सल्यक्रियापछि नरपताको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।