सुदूरपश्चिम प्रदेशमा शुक्रबार ९ सय २८ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा पिसिआर बिधिबाट गरिएको कोरोना परिक्षणमा ३५ जना, एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।



यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार १ सय ४४ पुगेको छ । जसमध्ये ३३ हजार ७ सय २१ जनाले कोरोना जितेका छन ।स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाले कोरोना जितेका छन ।
यस्तै शुक्रबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी र कञ्चनपुरका १/१ जना रहेका छन ।प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६४ पुगको छ ।
Views: 183




















