२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

आजदेखि सवारीमा जोर विजोर लागू

सरकारले कोरोनाभाइरस९कोभिड–१९०को रोकथाम तथा नियन्त्रणको लागि बिहीबारदेखि पुन सवारीमा जोर विजोर प्रणाली लागु गरेको छ । बुधबार गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको जनाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “काठमाडौं प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजे देखि विहान ७ बजे सम्म रोक लगाएको छ ।” सरकारले बिहीबारदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि प्रतिबन्ध लगाएको छ ।

काठमाडौं वाहिरको हकमा २०० जनाभन्दा बढी संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुने गृहमन्त्रालयले जनाएको छ ।
यस अघि पनि सरकारले निजी सवारीमा जेठ २९ देखि जोर विजोर विजोर प्रणाली लागू गरेको थियो । सरकारले असार २६ देखि जोर विजोर प्रणाली हटाएर एउटै जिल्ला भित्र छोटो दूरीमा सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिएको थियो भने भदौ १ देखि लामो दुरीको सवारी सञ्चालन गर्न अनुमति दिएको छ । तर पछिल्लो समय संक्रमणको दर बढन थालेपछि लामो दुरीको सवारी सञ्चालन पनि अनिश्चित भएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।