कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यवसायीक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई अनुदान वितरण गरेको छ ।



नगरपालिकाका कृषि शाखा प्रमुख मान बहादुर केसीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कर्ण बहादुर हमाल रहेका थिए ।
परम्परागत कार्यप्रणालीका कारण अहिले किसानहरुले कृषिमा लगानी बढी र प्रतिफल कम पाईरहेको उनले बताए । नगरपालिकाले कृषि पेशालाई मर्यादित र सम्मानित पेसाको रुपमा विकाश गर्न विभिन्न योजनाहरु ल्याएको उनले बताए ।
नगरलाई कृषिमा आत्मनिर्भर बनाउन किसानहरुलाई अभिप्रेरित गर्न आवश्यक रहेको बताउदै उनले त्यसका लागी नगरपालिकाले विभिन्न शिर्षकमा अनुदान दिएको बताए ।
आफुले फर्म सञ्चालन गरेदेखी पहिलो पटक अनुदान पाएको बताउदै उनले स्थानिय तहले जस्तै प्रदेश र केन्द्र सरकारले पनि वास्तविक किसान छनौट गरी अनुदान दिनुपर्ने बताए । प्राप्त अनुदानले अझै सशक्त रुपमा कृषि कर्ममा लाग्ने अभिप्रेरित गरेको उनको भनाई छ ।
यस्तै तारा भैसी फर्मकी सञ्चालक तारा देवी भट्टले नगरपालिकाले दिएको अनुदानप्रति खुसी व्यक्त गरिन । उनले किसानहरुलाई कृषि कर्ममा सहजता प्रदान होस भन्ने हेतुले प्रदान अनुदान दिएको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरिन ।
नगरपालिकाले ५ विधामा कार्यरत किसानलाई अनुदान वितरण गरेको थियो । वितरण गरिएको अनुदान अन्तरगत नमुना गाई/भैसी फर्म विधामा ५० प्रतिशतमा २ जना कृषकले, साईलो पिट निर्माण विधामा ५० प्रतिशतमा २ जना किसानले र स्थानिय जातका कुखुरा प्रर्वद्धन कार्यक्रममा ५० प्रतिशतमा ३ जना किसानले अनुदान पाएका थिए ।
यसैगरी ८ जना किसानले विद्युतिय च्यापकटरका लागी अनुदान पाएका थिए भने ६ जना किसानले मिल्क क्यान पाएका थिए ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक निति तथा कार्यक्रम अनुसार किसानहरुलाई उक्त अनुदान वितरण गरिएको थियो । अनुदान वितरण कार्यक्रमको सञ्चालन नगरपालिकाको पशु शाखाका कर्मचारी गोपाल सिँह बोहराले गरेका थिए ।


















