सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधनको वार्षिक कर तय गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक २०७८-७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत् सवारीसाधनको वार्षिक कर तय गरेको हो । सरकारले करमा खासै परिर्वतन गरेको छैन । प्रदेशले कार, जिप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ ।



जसमा एक हजार सीसीसम्मको १९ हजार रुपैयाँ, १००१ सीसीदेखि १५०० सीसीसम्मको हकमा २१ हजार, १५०१ देखि दुई हजारसम्मको २३ हजार, २००१ देखि २५०० सीसीसम्मका सवारीलाई ३२ हजार रुपैयाँ, २५०१ देखि २९०० सीसीसम्मको ३७ हजार र २९०१ देखि माथिको हकमा ५३ हजार रुपैयाँ सवारीसाधन कर तय गरेको छ।
यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेनजस्ता मेसिनरी उपकरणको ३५ हजार रुपैयाँ र मिनीट्रिपरको २५ हजार रुपैयाँ सवारी कर तोकिएको छ । साथै, ट्र्याक्टरको चार हजार, पावर टिलरको एक हजार, मिनिट्रकरमिनिबसको २० हजार र ट्रकरबसको ३० हजार रुपैयाँ वार्षिक कर तोकेको छ।
यसैगरी मोटरसाइकलमा १२५ सीसीसम्मको २५ सय, १२६ देखि १५० सीसीसम्मको हकमा ४५ सय, १५१ देखि २५० सीसीसम्मको हकमा ५५ सय, २५१ देखि ४०० सीसीसम्मको हकमा आठ हजार र ४०१ सीसीभन्दा माथिको हकमा नौ हजार रुपैयाँ वार्षिक कर तय गरेको छ ।
सार्वजनिक सवारीसाधनको रुपमा प्रयोग हुने कार, जिप, भ्यान र माइक्रो बसको हकमा १३०० सीसीसम्म आठ हजार रुपैयाँ, १३०१ देखि २००० सीसीसम्म १० हजार, २००१ देखि २९०० सीसीसम्मको हकमा ११ हजार, २९०१ देखि चार हजार सीसीसम्मको हकमा १३ हजार रुपैयाँ र ४००१ सीसीभन्दा माथिको हकमा १५ हजार रुपैयाँ वार्षिक सवारीसाधन कर तय गरिएको छ।


















