२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

कृष्णपुर–१ मा पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती : निर्माण कम्पनीको चरम लापर्वाही

 कञ्चनपुर- कञ्चनपुरमा पुल निर्माण नहुँदा स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । कृष्णपुर नगरपालिका–१ मा पर्ने पहरिया–सुन्दरीफाँटा जोड्ने खार खोला र सुन्दरीफाँटा–दोमल्ला जोड्ने ओदाल खोलाको पक्की पुल समयमै निर्माण हुन नसक्दा स्थानीयलाई समस्या भएको हो ।

२०७३ भाद्र १७ गते सम्झौता गरेको ५ बर्ष बितेपनि पुल निर्माणको काम अहिले पनि नसकिएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । २०७४ फागुन १५ मा निर्माण सम्पन्न गर्ने गरि भौतिक पूर्वाधार विकास मन्त्रालयसंग खार खोला पुलका लागि ६ करोड ६९ लाख ६७ हजारमा र ओदाल खोला पुलका लागि ५ करोड ४७ लाख ४ हजार २ सयमा सम्झौता भएको थियो । 

निर्माण सम्पन्न मिति सकिए पनि निर्माण कम्पनीको चरम लापर्वाहीले गर्दा पुल निर्माण हुन नसकेको स्थानीय प्रेम महराले बताए । बर्षातको समयमा आवतजावतमा पनि समस्या भएकाले सम्बन्धित निर्माण कम्पनीलाई कालोसुचिमा राखी कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।

यता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले उक्त पुल प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको भएपनि आफुले सम्बन्धित निकायमा बारम्बार भनेपनि सुनवाई नभएको बताए । थेगिन कन्ट्रक्सनले निर्माण गरिरहेको र कम्पनीसंग पनि आफुले निर्माण समयमै सक्न ताकेता गरेको बताए ।

यता, निर्माण कम्पनीका साईड इन्चार्ज प्रकाश पाण्डेयले सबै सामग्री आईसकेको र अबको केही दिनमै पुलको ढलानको कार्य सुरु हुने बताए । अहिले बर्षातको कारण र निषेधाज्ञाले गर्दा पुल समयमै निर्माण हुन नसकेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।