२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता हुने

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । बोर्डले परीक्षार्थीले बुझाएका ६०० रुपैयाँ मध्ये ४०० फिर्ता गर्ने भएको हो ।

परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।