२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

बाढी पस्यो मेलम्ची बजारमा

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्।

हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बो लामाले मेलम्चीको सुरुङमा पठाइएको पानी मंगलबारबाट खोलामा खसालिएकाले बहाव बढेको दाबी गरेका छन्। उनले बाढी ठूलो धनजनको क्षति पुर्‍याएको बताए।

लामाले भने, ‘‘पाँच बजे सुरुङ खोलेर खोलापट्टि पानी पठाएछन्। त्यहीबेला ढ्याम साइडबाट पहिरो पनि झरेछ। ६ बजेबाट ठुलै बाढी गएछ। हेलम्बुको सात जना बेपत्ता छन्। मेलम्चीको चार जना बेपत्ता। स्थिति बेहाल छ। यो मेलम्ची खानेपानीको गल्ती हो। उद्धारको कुनै कुरा छैन।’

हेलम्बु १ का वडाध्यक्ष मिङ्मार लामाले बाढी अझै ठूलो भएको बताए। माछा फर्ममा काम गर्ने दुई जना बेपत्ता भएको जानकारी आफूले पाएको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।