२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौँ- आजदेखि देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र सुरु भएको छ ।हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुनुपर्नेमा अघिल्लो वर्ष देखि कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण सैक्षिक सत्र पर धकेलिएको हो ।

सैक्षिक सत्र सुरु भएको भएपनि भौतिक रुपमा कक्षा सञ्चालन भने हुन सकेको छैन । कतिपय ठाउँमा अनलाइनमार्फत् नै भर्ना विद्यालयहरुले भर्ना लिइरहेका छन् । कक्षा पनि अनलाइन मार्फत् नै सुरु भएको छ ।

विद्यालयको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालय तहको पाठ्यपुस्तक छापिसकेको र सम्पूर्ण प्रदेश कार्यालयहरुसम्म पुगिसकेको बताएको छ । पुस्तक विक्रि, वितरण हुन् थालिसकेको र केही दिनभित्र देशभरका विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने केन्द्रको भनाई छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा साउनको दोस्रो साता आएर कक्षा ११ को पढाइ भने भदौँदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।