दार्चुला – जिल्लामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका ७ धापका २५ वर्षीय कपिलराम कोलीलाई पक्राउ गरेको छ । जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोज्ने आरोपित कोलीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीले सोही दिन राती आरोपितलाई खोजी गरेपनि उनी फरार रहेका थिए । फरार रहेका कोलीलाई शनिबार राती घरबाटै पक्राउ गरि मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पीडक र पीडित परिवार बीच गाउमै घट्ना मिलाउने प्रयास भएको कारण ढिला गरि जाहेरी आएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Views: 224

























