बाजुरा – जिल्लाको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान खोलाले बगाउंदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन् ।



गाउँमा रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानियले बताए ।बेपत्ता भएकी महिलाका तीन छोराछोरी रहेका छन् ।
खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।
Views: 194

























