२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बियो (सुचना सहित)

कैलाली- कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ ।  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ ।

वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न पाइनेछैन् ।

यस्तै खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म, होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु बन्द रहनेछन् भने विहान ८ बजेदेखि साँझ ८ बजेसम्म टेक अवे सेवा सञ्चालन गर्न सकिनेछ ।  

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।