२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

दार्चुलामा कोरोना विरुद्धको खोप लगाउन छुटेका ज्येष्ठ नागरिकलाई पुनः खोप लगाईने

दार्चुला – जिल्लामा कोरोना विरुद्धको भेरोसेल खोप लगाउन छुटेका नागरिकलाई पुनः खोप लगाईने भएको छ ।

यही जेठ २७ र २८ गते कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन छुटेका ५५ वर्ष माथिका नागरिकलाई पुनः खोप लगाइने भएको हो ।

विविध कारणले जिल्लाका ८ वटा स्थानीय तहमा लगाइएको खोप कार्यक्रममा छुटेका ५५ वर्ष माथिका नागरिकलाई पुन खोप लगाइने
स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहमा ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकको तथ्यांक तीन दिनभित्र स्वास्थ्य कार्यालयलाई बुझाउनुपर्ने भनेको छ ।

लक्षित समुहलाई खोपबाट वञ्चित हुन नदिन एक पटकका लागी मौका दिने निर्णय गरिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।
उनले प्रदेश सरकारले उपलब्ध गराएको खोपमध्ये अझै ७ सय डोज खोप मौज्दात रहेकाले छुटेका लक्षित वर्गलाई पुन मौका दिने गरी निर्णय गरिएको बताए ।

जिल्लाका लागि सुदूरपश्चिम प्रदेश सरकारले २ हजार ५५ डोज खोप उपलब्ध गराएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।