२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

मिठाइँ बेचेर मासिक २ लाख आम्दानी गर्ने गोबिन्द बहादुरको कथा

मिहिनेत गर्न सके के नै गर्न सकिदैन् र ? समयको सदुपयोग , लगशिल र श्रम गरे आफ्नै गाँउठाँउमा पनी राम्रो आम्दानी गर्न सकिन्छ । बिदेशमा बगाउने पसिना र लगानी स्वदेशमै गरे आफ्नै देशमा सुन फल्छ ।

सबैलाई मिठाइँ खुवाउने गोविन्द बहादुर बोहरा अहिले युवाहरुका लागी प्रेणका स्रोत बनेका छन् । उनले अहिले मिठाइँ बेचेर मासिक २ लाख आम्दानी सम्म आम्दानी गरिहेका छन् । करिब २० बर्ष पहिले थोरै लगानीमा सञ्चालन गरेको बोहरा मिठाइँ तथा किराना पसलले आज उनलाई परिवार पाल्न निकै सजिलो बनाएको छ ।

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा न ०६ बस्ने बोहराले गाँउबाट करिव ७०\८० लिटर दुुध ल्याएर दुुधको शुद्ध मिठाइँ बेचेर मासिक २ लाख आम्दानी गर्ने गरेका छन  । बोहरालाई  घरबाट पसल जान पैदल यात्रा गरेर १० मिनेट लाग्ने गरेको छ । पसल बैतडी राजमार्गको भालुुमारेमा भन्ने ठाँउमा रहेको छ ।

बोहरा अहिले आफुलाई सन्तुष्टी संगै खुशी र आम्दानी भईरहेको बताउछन् । बोहराले भन्छन् “पसलबाट घरपरिवार चलाउन निकै सहज भएको छ । परिवार पालन पोषण तथा छो छोरीलाई राम्रो विद्यालयमा शिक्षा दिन सकेको छु । उनले भने मिठाई पसलको कमाईले अहिले नयाँ घर समेत लगाएको छु ।”

 

राजमार्ग मै पसल भएकोले विभिन्न राम्रो मानिसहरुसंग चिनजाज भएकोमा खुुसि लाग्ने गरेको र चाडैँ पसललाई थप सेवा सुविधा बिस्तार गर्ने बताए ।

 

“बोहरा युवाका लागि पे्रणका स्रोत बनेका छन् । जहाँ गएपनि गर्नु पर्ने मेहनत र लगानी हो, किन बिदेशीने । बिदेशमा बगाउने पसिना स्वदेशमै बगाए मनग्य आम्दानी गर्न सकिन्छ ।’

 

“कसैको लहलहैमा लागेर ‘उसले यस्तो व्यावाय गर्यो म पनि गर्छु भन्ने सोच राख्नु राम्रो होईन’ बोहराले भन्छन् आफुले कुन व्यावसाय गर्दा सजिलो हुन्छ त्यो योजना बनाएर दिर्घकालिन रुपले पेशाका रुपमा व्यावसाय गरे अवश्य सफल भईन्छ ।”

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।