२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

भोलि वा पर्सिसम्म एसईई परीक्षाफल सार्वजनिक हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ ।

बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम सकेको छ, अब लब्धाङक पत्रलाई अन्तिम रुप दिने हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि कोरोना रोकथाम तथा नियत्रण उच्चस्तरीय समन्वय समितिको बैठकले माध्यमिक शिक्षा अर्थात एसईईको परीक्षा अन्तिम समयमा आएर गत चैत ५ गते स्थगित गरेको थियो ।

अचानक परीक्षा स्थगित भएपछि देशभरिबाट परिक्षाका लागि तयारी अवस्थामा रहेका चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी अन्यौलमा थिए । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर यस वर्षको एसईईको परिक्षाफल सार्वजनिक गरिनेछ । सी आई एन

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।