२०८३ कार्तिक २१ शुक्रबार
२०८३ कार्तिक २१ शुक्रबार

डडेल्धुरामा निषेधाज्ञा खुकुलो पार्दै एक साता लम्बियो (सुचना सहित)

डडेल्धुरा । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने छ। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। यस्तै खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए।

यसअघि हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने निर्णय गरेको थियो। अब सातै दिन खुला हुने भएका हुन्। यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ। अब बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्।

No photo description available.
No photo description available.
No photo description available.
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।