२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

कैलालीमा असारमा पनि निषेधाज्ञा, नयाँ मोडालिटी बनाइँदै

धनगढी-कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको जनाएको छ ।  निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन छ ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले बताए । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।

अहिले कैलालीमा   हप्ताको चार दिन पसल खोल्दै आईरहेका छन्  । प्रत्येक आइतबार, मंगलबार,विहीबार र शनिबार बिहान ७ बजेदेखि विहान १० बजेसम्म तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर खुल्ला हुदै आईरहेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।