२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कञ्चनपुरको कृष्णपुरमा विद्यालय भवन शिलान्याश

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक विद्यालय भवन शिलान्याश गरिएको छ।

नगरपालिकाको वडा नम्बर ६ बसन्तपुरमा महाकाली नमूना माध्यमिक विद्यालयको आठ कोठे भवनको शिलान्याश गरिएको हो। उक्त भवनको शिलान्याश नगर प्रमुख कर्ण बहादुर हमालले गरेका हुन्।

संघीय सरकारको बजेटबाट १ करोड २१ लाख २४ हजार ९०० रुपैयाँ लागतमा सो भवन निर्माण भइरहेको बताइएको छ। भवन निर्माणका लागि नाटेश्वरी निर्माण सेवासंग सम्झौता भएको र आगामी ३ महिनाभित्रै भवन निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरपालिकाले विद्यालयको घेर पर्खालका लागि १५ लाख बजेट छुट्याई सो कार्य अन्तिम चरणमा रहेको बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।