काठमाण्डौ –नेपालमा बितेको २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले मुलुकभर थप ३८१ जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ।
आज १३० जना कोरोना मुक्त भएर घर फर्केका छन्।योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ रहेका छन्।प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ।
Views: 61