२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

सहि कि गलत? असार १गते देखि निषेधाज्ञा खुकुलो बनाउने यस्तो हुँदै छ तयारी

 काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।

उनका अनुसार अहिलेकै अवस्था संक्रमण दर घट्दै गएमा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको उनको भनाइ छ ।तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले त्यसबारे छलफल नभएको बताएका छन् ।

काेराेना भाईरस (काेभिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।