२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

पुर्वमन्त्री एनपी साउदले कंचनपुर क्षेत्र नम्बर २ का लागि थप ४ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाए

कंचनपुर । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले कंचनपुर क्षेत्र नम्बर २ का लागि थप ४ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका छन् ।

केन्द्रिय सदस्य साउदले पठाएको ४ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन मध्ये २ थान बेदकोट र बाकी २ थान कृष्णपुर नगरपालिकालाई हस्तान्तरण गरिने साउदका स्वकिय सचिव दिपक जोशीले बताए।

यसअघि पनि नेता साउदले सोही क्षेत्रमा बेतकोट, कृष्णपुर र शुक्लाफाटा नगरपालिकालाई २५ वटा हस्पिटल बेड, २५ थान टेवुल पंखा र सर्जिकल मास्क ३ हजार थान हस्तान्तरण गरिसकेका छन।

यसैगरी अक्सिजन कन्सन्ट्रेटर ४ थान , अक्सिमिटर ८ थान, सेनेटाइजर, मास्क लगायतका आबश्यक स्वास्थ्य सामग्री पनि यसअघि नै शुक्लाफाटा नगरपालिकाले संचालन गरेको पिपलाडी कोभिड अस्पताललाई हस्तान्तरण गरिसकिएको स्वकिय सचिव जोशीले जानकारी दिएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।