२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

बँदेललाई थापेको पासोमा परी पुरुषको मृत्यु

जंगली बँदेललाई थापेको विद्युतीय धरापमा पर्दा उदयपुरका एकजनाको ज्यान गएको छ । जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी बिहीबार त्रियुगा नगरपालिका ९ राजाबासका ५४ वर्षीय जगदिश पोखरेलको ज्यान गएको हो । 

बुधबार राति आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतीय धराप बिहान निकाल्न जाँदा करेन्ट लागि घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइ घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।